बुधबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ३० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

तपाईको प्रतिक्रिया