खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड  भाद्र २० गते बिहन १०:०० बजे निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौं स्थित कार्यालयमा हुने भएको छ।

लघुवित्तले भाद्र ०८ गतेबाट भाद्र १२ गतेसम्म १ लाख ३२ हजार कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको थियो।

कम्पनीको जारी पूँजी रु.४,००,००,००० (चार करोड मात्र) को ३३ प्रतिशतले हुन आउने रु.१,३२,००,००० (एक करोड बत्तीस लाख) रकम बराबर प्रति शेयर रु.१०० अङ्कित दरका १,३२,००० कित्ता साधारण शेयरको सर्वसाधारणमा निष्काशन गर्न लागिएको शेयरको १.५१५१ प्रतिशतले हुने २,००० (जारी पुँजीको ०.५ प्रतिशत) कित्ता शेयर कर्मचारीहरु, सर्वसाधारणलाई छुट्याइएको र ५ प्रतिशत अर्थात ६,६०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने १,२३,४०० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशनमा आएको थियो।

तपाईको प्रतिक्रिया