नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको हो ।

आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया