सुनको मूल्यमा शुक्रबार एकै दिन एक हजार रुपैयाँले गिरावट आएको छ ।

नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यसअघि बिहीबार छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया