आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

















