शुक्रबार(आज) छापावाल सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया