सुनको मूल्य मंगलबार घटेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ ।  सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य १३ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १३ सय ८५ रुपैयाँमा कारोवार भएको थियो

तपाईको प्रतिक्रिया