नेपाली बजारमा साताको पाँचौं दिन आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७ सय रूपैयाँले घटेर एक लाख ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसै गरी, चाँदीको मूल्य पनि बिहीबार २० रूपैयाँले घटेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया