राजविराज / मंगलबार विहानै देखि परेको अबिरल वर्षाका कारण राजविराजका साथै ग्रामिण क्षेत्रका अधिकांश गाउँबजार जलमग्न बनेको छ । बर्षाको पानीले राजविराजको सिरहा रोड, अदालत रोड, राममन्दिर रोड, क्याम्पस रोड लगायतका क्षेत्र जलमग्न बनाएको हो । नगरका मुख्य बजार क्षेत्रमा बर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् ।

पहिले नालातिर पानी हुन्थ्यो अहिले निकास नहुँदा सडकमै भेल छ राजविराजका व्यवसायी उमाकान्त साहले भने, यस तर्फ नगरपालिकाका जिम्मेवार अधिकारीको ध्यान नजानु र्दुभाग्य हो । बर्षाको पानी निकास नपाउँदा नगरका वडा नं. ३, ४, ५, ७, ११ र १६ वडाका अधिकांश घरमा समेत पानी पसेको छ । पसल तथा गौदामभित्र पानी पसेर लाखौंको व्यापारी सामानमा क्षति पुगेको व्यापारी गोविन्द साहले बताए ।

सडकमा पानी जमेका कारण स्कुल जाने बालबालिकाहरु पनि समस्यामा परे । पानीकै कारण मंगलबार कतिपय विद्यालयमा विद्यार्थीको न्यून उपस्थितिका कारण पढाई नै भएन । यस तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने नगरबासीले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया