बेलबारी,बाहुनी, डाँगीहाट र कसेनी गाविस मिलेर बनेको बेलबारी नगरपालिका प्राकृतिक स्रोतसाधनका दृष्टिकोण धनी नगरपालिकाको रुपमा पर्छ । खोला, वन, पेट्रोलखानी,उर्वर भूमि यहाँको मुख्य स्रोत बन्न सक्नेछ ।यहाँका पर्यटकीय क्षेत्रहरु वेतना सिमसार, धनपालगढी,रमितेडाँडा लगायतका स्थलहरु रहेका छन् । अन्तरीक पर्यटन प्रर्बधनको राम्रो समभावना रहेका छन् ।

बेलबारी नगरपालिकाले गरेका महत्वपुर्ण कामहरु
१) दिर्घरोगिहरुलार्ई आर्थीक सहयोग

बेलबारी नगरपालिकाले बोनम्यारो ट्रान्सप्लान्ट, क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, स्पाइनलकर्ड इन्जुरी जस्ता गम्भिर रोग लागेका विरामीलाई प्रति विरामी एक पटक पचिस हजार दिने गरेको छ । नगरपालिका वाट १ सय९५जनाले उक्तसेवा लिईसकेका छन् ।
२) खुल्ला दिशामुक्त घोषणा

मिति २०७५।०३।१० गते बेलबारी नगकरपालिकालाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरीएको छ । बेलबारी नगरपालिका क्षेत्रभित्र १७८९२ घरपरिवार रहेको छ । ९९ प्रतिशत घरमा शौचालय निर्माण भएपछि खुल्ला दिशामुक्त घोषणा गरीएको हो ।
पलाष्टिक झोला मुक्त
नगरपालिकाले जेठ २२ गते विश्ववातारवरण दिवशको अवसरमा नगरपालिकालाई पलाष्टिक झोला मुक्त नगरपालिका घोष्णा गरीरहेको छ ।उक्त कार्यक्रमम अन्तरगत नगरपालिकाको कार्यालयमा वोतलको पानि प्रयोगमा रोक लगाएको छ भने पुराना पलाष्टिकझोलाहरु समेत खरिद गरिदिएर पलाष्टिकको झोला प्रतिबन्ध लगाएको हो ।

३) नगर प्रोफाईल

बेलबारी नगरपालिकाले नगरको विकासका लागि नगर प्रोफाईल (पाशर््वचित्र) निर्माण गरेको छ । एसिया फाउन्डेसनको प्राविधत तथा आर्थीक सहयोगमा नगरपालिकाले नगर प्रोफाईल निर्माण गरेको हो ।नगर प्रोफाईलले नगरपालिकाको बिकासमा सहयोग पुग्ने विश्वास गरीएको छ ।

४) नगरपालिकाका गौरवका योजनाहरुको डिपि आर निर्माण

(क) बेलबारी फडानि सडक
बेलबारी फडनि सडक डि.पि.आर निर्माण भई कामको चरणमा रहेको छ । बर्षो देखी धुल्लामे रहेको सडक कालोपत्रे गरीदै छ ।
(ख) हुलाकि राजमार्ग
रहेको हुलाकि राजमार्गको डिपिआर तयार भईसकेको छ । बेलबारीमा उक्त सडक खन्ड ९ किलो मिटर रहेको छ । बर्षौ देखी आगाडि बढ्न नसकेको उक्त राजमार्गको डिपि आर तयार भएको छ ।
(ग) बेलबारी बहुमुखी क्यामपस
बेलबारी वहुमुखी क्यामपसको आफनै जग्गामा नया भवन निर्माणको भइरहेको छ नगरपालिाकाको सहयोगमा उक्त भवन निर्माण भएको हो । बेलबारी नगरपालिका वडा नम्बर ३ मा भवन बनिरहेको छ ।

(घ) वायोईन्जीनियरिङ प्रविधिवाट लोहान्द्रा तथा चिस्याङ खोलाको तट्बन्धन
लेहान्द्रा तथा चिस्याङ खोलामा नगरपालिकाले वायोईन्जीनियरिङ प्रविधिवाट तट्बन्धन गर्ने योजाना अनुसार उक्त कार्य भईरहेको छ । नगरपालिकाले बहुबर्षे योजनामा राखेर काम गरीरहेको छ ।

(ङ)सिमसारको गुरु योजना
बेलबारी नगरपालिकालाई सिमसारको नगरकोरुपमा चिनाउन नगरपालिकाले गुरु योजना बनाईरहेको छ । नगरपालिकाले बनाएको बिज्ञहरुको समुहले ७० विघाहा क्षेत्रफल सिमासर रहेको तथ्याक सार्वजनिक गरीसकेको छ भने २१ वटा सिमसार रहेको जनाएको छ । बेतना, अमना, सिसौली, धनपालथान, धनपालगढी, झलझलीबाँध, हाँडीदह बेलबारीमा रहेका छन् । त्यस्तै, भुलभुले महाराजथान भव, जाल्पादेवी भव, कुइरीखोला, मखनपोखरी, गयलपोखरी लगायतका सिमसारहरू नगरभित्रका प्रमुख सिमसार हुन ।
(च) सृर्जना पार्क
मोरङको बेलबारी नगरपालिका वडा नम्बर १० भाउन्नेमा मा १ करोड ८० लाखको लागतमा पार्क बनाउन थालिएको छ । सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ विगाहा जग्गामापार्क निर्माण गर्न थालिएको हो । नेपाल सहित ७ वटा विभिन्न देशका मुर्तीकार तथा कलाकारहरुले अहिले उक्त पार्कमा ढुंगाका विभिन्न आकृतिका मुर्तिहरु वनाईसको छन ।
(छ) रमिते पर्यटकीय क्षेत्रको बिकास
बेलबारी–२ मा रहेको रमिते सामुदायिक वनमा भ्यूटावर सहितको पर्यटकिय क्षेत्रको विकास भइरहेको छ । सुरुङ मार्ग सहितको भ्युटावर निर्माणधिन अबस्थामा रहेको छ । नगरपालिकाको सहयोगमा निर्माण गर्न थालिएको पर्यकिय क्षेत्र अहिले पिकिनिक स्पोटका रुपमा समेत विकास भईरहेको छ । फोहोर सङ्कलन गर्नका लागि सो क्षेत्रमा चोयाका डोकाहरू राखिएका छन् । डस्बिनको रूपमा रुखमा समेत डोकाहरु राखिएका छन् ।
५ स्वास्थय चौकिहरु

बेलबारी नगरपालिकामा प्राथमीक स्वास्थय केन्द्र एउटा रहेको छ भने स्वास्थय चौकिहरु १,४,५,९,८र ११ वडामा रहको छन् । यस्तै वडा नम्बर ६मा एउटा सहरी स्वास्थय केन्द्र रहेका छन् ।
६) नगरपालिका भवन

बेलबारी नगरपालिकाको नयाँ भवन निर्माण गरेको छ । वडा नम्बर १मा निर्माणधिन भवन संचालनको तयारीमा समेत रहेको छ । पहिलो तला निर्माण भईसकेको र तेस्रो तलाको समेत काम सकिन लागेको छ । पहिलो तलामा १६ वटा कोठा रहेका छन ।
७) वडा कार्यालयलाई जग्गा

बेलबारी नगरपालिकामा ११ वटा वडा रहेका छन । ति मध्ये केहि वडामा आफनै भवन रहेको र केहि वडामा जग्गाको ब्यबस्थापन गरीसकिएको छ । वडा नम्बर ८, १० र २ मा जग्गा प्राप्त भईसकेको छ । ३,५,७ र९ नम्बरमा वडा कार्यालय वनि सकेका छन ।
८) ब्यापारीक कम्पलेक्स

बेलबारी नगरपालिका वडा नम्बर १ मा ब्यापारीक कम्लेक्स निर्माणको डि.पि.आर निर्माण भइ टेन्डरको तयारीमा रहेको छ भने ९ नम्बर वडा डागिहाटमा कम्पलेक्स निर्माणधिन अबस्थामा रहेको छ ।
९) स्रोत नक्सा

नगरपालिकाले स्रोत नक्साको निर्माण गरेको छ । नगरको विकासका लागि स्रोत नक्साको तयारी गरीएको हो ।
१०) टोल विकास संस्था गठन

नगरपालिकाले वडाका विभिन्न टोलमा टोलविकास सस्थाहरु गठन गरेको छ । ११ नम्बर वडा रहेको नगरपालिकामा १ सय ६५ वट्टा टोलविकास संस्था गठन गरीसकिएका छन ।
११) वालमैत्रि शासन

आगामि ४ बर्ष भित्रमा बेलबारी नगरपालिकालाई वालमैत्रि नगरघोष्णा गर्ने कार्ययोजना निर्माण भई लागु गरीएको छ ।
१२) स्वास्थ्य शिविर

बेलबारी नगरपालिकाले प्रत्येक वडामा स्वास्थय शिविरहरु संचालन गरीरहेको छ । विभिन्न रोगहरुलाई लक्षीत गरेर स्वास्थ शिविरहरु संचालान गरीरहेको छ । नगरपालिकाले संचालन गरेको शिविरमा १० हजार भन्दा वढि नगरवासिले सेवा पाएका छन ।
१३) लागत सहभागिता

विकास निर्माणमा लागत सहभागिता जुट्ने गरेको छ । नगरपालिकाले लागत सहभागितालाई जोड समेत दिने गरेको छ । योजनाहरु हेरेर नगरपालिकाले १० देखी ४० प्रतिशत सम्म लागत सहभागिता अनिवार्य गरेको छ । गरिव तथा सुकुमवासि भएका बस्तिहरुमा लागत सहभागिता छुट गरिएको छ ।
१४) सफट्वोयर वाट राजश्व सक्लन

नगरपालिकाले सफट्वेयर मार्फत राजश्व सकलन गर्ने गरेको छ । साग्रिला नामक सफट्वोयरको निर्माण गरी नगरपालिकाले राजश्व सकलन गर्ने गरेको छ । वडाहरुले सकलन गर्ने गरेको राजश्व समेत नगरपालिकाले दैनिक हेर्ने गरेको छ । वडामा काटिएको राजश्व समेत नगरपालिकामै वसेर हेर्न मिल्छ । राजश्व लक्ष्य भन्दा वढि उठेको छ ।
१५) धिमाल जाति नगरको पहिलो जाति

बेलबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जातिका रुपमा घोष्णा गरेको छ । धिमाल जातिको भेषभुषा संरक्ष्णमा नगरपालिकाले चासो समेत दिएको छ । उनिहरुको सिपको संरक्ष्ण गर्ने भएको छ । धिमाल जातिको होमस्टे समेत संचालन गरेको छ ।
१६) अपागता

अपागता भएका ब्यात्तिहरु६५ जना भन्दा वढि ब्याक्तिहरुलाई नगरपालिकाले सहायक सामाग्रि वितरण गरेको छ ।
१७) सभाहल

बेलबारी नगरपलिका वडा नम्बर ७मा आदिवासि सभाहल निर्माण गरिदै छ भने सोहि वडामै सामुदायिक भवन निर्माण भइरहेको छ ।
१८) सरसफाईमा प्रथम

सररफाईमा मोरङका १७ स्थानिय तह मध्ये बेलबारी प्रथम भएको छ । मोरङलाई खुल्ला दिशा मुत्त जिल्ला घोष्णा कायक्रममा बेलबारीलाई सम्मान समेत गरीएको छ । यस्तै न्यायिक समिति तर्फ समेत बेलबारी उत्कृष्ट भएको छ । यस्तै प्राविधिक तर्फको पठन पाठनलाई सहयोग गरेको भन्दै नगरप्रमुख ज्ञानेन्द्र सुवेदिलाई प्रानमन्त्री केपिओलिलेनै सम्मान गरेका थिए ।
१९) न्यायिक समिति

बेलबारी नगरपालिकामा रहेको न्यायिक समिति मोरङका १७ स्थानिय तह मध्ये प्रथम भएको छ । ७सय उजुरी परेका थिए । ६सय को भने न्यायिक समतिले मेलमिलापको माध्यमवाट टुगाएको छ भने अन्य १सय उजुरी छलफलको प्रकृर्यामा छन् ।
२०) शिक्षा

बेलबारीले शिक्षालाई पहिलो प्राथमिक्तामा राखेको छ । जनप्रतिनिधि आएपछि शिक्षाका सुधारका लागि धेरै काम भएका छन् ।सामुदायिक बिधुतिय हाजिरी , उत्कृष्ट बिद्यलाय र उत्कृष्ट बिषयगत शिक्षक शिक्षीतहरु सम्मान, बिद्यार्थी खाजा खर्च बिद्यलायमै सेनेटरी प्याड बनाउने कच्चा पदार्थ तथा तालिमको ब्यबस्था गर्नु । एक बिद्यार्थी २ विरुवा रोप्नु जस्ता महत्वपुर्ण काम गरेका छन् । त्यस्तै नगरपालिकाले प्राविधिक शिक्षलाई जोड दिएर आफनै नगरमा दक्ष जनशत्ति उत्पादन गर्ने लक्ष्यका साथ मदन भन्डारी स्मृर्ति प्रष्ठिान र मनमोहन पोलि टेक्नीक कलजेमा शैक्षिक ऋण कार्यक्रम लागु गरेर दुई बर्षमा ३३जना भन्दा वढिलाई पठन पाठन गरीएको छ ।
२१) गरिव सँग नगरपालिका

गरिव सँग नगरपालिका कार्यक्रम बेलबारीको महतवपुर्ण कार्यक्रमका रुपमा हेरीने गरीएको छ । गरिवि न्यूनिकरण गर्ने लक्ष्यका साथ ल्याइएको कार्यक्रम मार्फत बोयर वोका वितरण गर्न थालिएको छ । कृर्षकलाई घर घरमै पुगेर नगरपालिकाले वोयर वोका वितरण गरिरहेको छ ।
२२) सडक

नगरपालिका भित्रका सवै वडा सडक सजाल सग जोडिएको छ । जनप्रतिनिधि आउनु भन्दा वर्खामा हिलाम्मे र हिउदमा धुल्लामे हुने गरेका सडक कालोपत्रे देखी स्तर उन्नती सगै ड्रेन समेत निर्माण गरीन थालिएको छ ।
२४ दम्कल शबवहान
नगरपालिकाले यसै आर्थीक बर्षमा सक्ने गरी दम्कल तथा शब वहान खरिद गर्ने छ ।
२३) कृषि तथा पशु

नगरपालिकाको प्राथमिक्तामा कृषि तथा पशुपालन रहेको छ । दुध,मासु ,अन्डा तथा तरकारी खेतिलाई प्राथमिक्तामा राखिएको छ । आधुनिक कृषिमा ध्यान दिएको नगरपालिकाले कृर्षकहरुलाई हाते ट्याकटर, थ्रेसर लगायतका सामाग्रिहरु वितरण गरेको छ भने तरकारी तथा अन्य खेति गर्नका लागि सिचाइलाई पहिलो प्राथमिक्तामा राखेको छ । एक वडा एक उत्पादनको नितिलाई अगाडि सारीएको छ । तरकारी तथा माछा मासु वाट नगरलाई आत्मनिर्भर बनाउने निति अगाडि सारीएको छ ।

तपाईको प्रतिक्रिया