इटहरी, सुनसरीको रामधुनी सेउती खोलामा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ । रामधुनी नगरपालिका–६ बक्लौरी बस्ने ३५ बर्षीय बिरेन्द्र साह खोलामा मृत अवस्थामा फेला परेका हुन्।

खोलामा साह पानीमा डुबेको अवस्थामा शव फेला परेको भनि स्थानीय बासीहरुले अस्थाई प्रहरी बिट पंचायममा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय पकली प्रहरी टोली खटि कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया