इटहरी । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सामुदायिक र संस्थागत विद्यालयहरुविच राज्यले गर्दै आएको विभेद अन्त गर्ने गरी निती नियम नबनाए आन्दोलन थाल्ने चेतावनी दिए।

प्याब्सन प्रदेस नम्बर १ले आयोजना गरेको प्रदेस स्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै प्याब्सन अध्यक्ष पुरीले राज्यलाई संस्थागत विद्यालयहरुलाई गरिने व्यवहार परिवर्तन गर्न चेतावनी शैलीमा आग्रह गरेका हुन ।

उनले सरकारले ल्याउन लागेको शिक्षा विद्येयकमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु विच नितीगत रुपमा कायम रहदै आएको विभेद अन्त नगरिए आफनै नेतृत्वमा माइतीघर मण्डला जाने पुरीले चेतावनी दिए ।

बाल दिवसका अवसर पारेर आयोजना गरिएको चित्र कला तथा वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई कार्यक्रमका विशेष अतिथी प्याब्सन अध्यक्ष पुरी , शिक्षा सेवी प्रा.डा. टंक न्यौपाने लगायतले शिल्ड तथा प्रमाण पत्र वितरण गरे । प्रदेस स्तरीय चित्रकला तर्फ आधारभुत तह अन्र्तगत जुपिटर सेकेण्डरी बोडिगं स्कुल सुन्दरहरैचा मोरगंका अंकित उराँव प्रथम , सप्तकोशी सेकेण्डरी बोडिगं स्कुल उर्लाबारी मोरगंका संकल्प ढकाल द्धितिय , सुपर्व ईगंलिस बोडिगं स्कुल पथरी शनिश्चरे मोरगंका अंकित राई , तृतिय र सनसाइन सेकेण्डरी बोडिगं स्कुल उर्लाबारी मोरगंका सबिना तामागं शान्त्वना बन्न सफल भए । त्यसै गरी चित्रकला तर्फै कक्षा ६ देखि १० सम्मको प्रतियोगितामा सिद्धार्थ सेकेण्डरी बोडिगं स्कुल सुन्दरहरैचा मोरगंकी अन्जना राई प्रथम , सुविजिमुर सेकेण्डरी बोडिगं स्कुल मोरगंका प्रज्वल शर्मा द्धितिय , माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहबीकी इशाकुमारी माझी तृतिय र इन्द्रपुर ईगंलिस बोडिगं स्कुलकी स्नेहा खड्का शान्त्वना पुरस्कार जित्न सफल भइन । वक्तृत्वकला प्रतियोगिता तर्फ मुनमिन एकेडेमी बराहक्षेत्र सुनसरीकी जमुना शेर्पा प्रथम , हिमाली बोडिगं स्कुल कलम गाउँपालिका झापाकी जेनिशा भण्डारी द्धितिय , सुबिजमुर सेकेण्डरी बोडिगं स्कुल मोरगंका ओल्सन कार्की तृतिय र बिबि मेमोरियल इलामका सुर्दशनबाबु सुवेदी शान्त्वना भए । कार्यक्रम प्याब्सन प्रदेस नम्बर १ युवराज बशिष्ठको अध्यक्षता तथा प्रदेश नम्बर १का कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारद घिमीरे , सल्लाहकार शंकर थापा , प्रदेस नम्बर १का सचिव सुमित थापा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया