धरान । धरान–४ निशाने खोलाको कटानका कारण ५ घर जोखिममा परेका छन् । खोलाको कटानका कारण भक्त राईको होटलको हटरा भासिएको धरान–४ का वडाध्यक्ष दोर्णबहादुर कटुवालले जानकारी दिए ।

उनका अनुसार राईको घरुको आधा भाग चर्किसकेको छ । अन्य ५ घर पनि जोखिममा परेको छ । निशानेमा होटल सञ्चालन गरिरहेका सन्तोष राई, पूजा राईको होटल जोखिममा परेको उनले जानकारी दिए ।

खोलाले कटान गरेका कारण पहिरो जाने क्रम जारी रहेको छ । अहिले त्यसक्षेत्रको बिजुलीसमेत काट्न लगाइएको वडाध्यक्ष कटुवालले जानकारी दिए ।जसका कारण धनकुटे रोडलाई पनि प्रभावित बनाउन लागिसकेको छ

तपाईको प्रतिक्रिया