आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५ सयले बढेर रु एक लाख तीन हजार नौ सय तोकिएको छ।

उक्त सुन हिजो प्रतितोला एक लाख तीन हजार चार सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार चार सय पुगेकामा अघिल्लो दिन रू एक लाख दुई हजार नौ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटी रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ।

तपाईको प्रतिक्रिया