आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ ।

यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार दुई सय कायम भएकोमा आज प्रतितोला रू सात सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा रू १५ ले बढेर प्रतितोला रू एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया