आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ११ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ५ हजार ८ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ६ हजार ४ सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३८० कायम रहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया