इटहरीमा ब्यापार जगतका चर्चित युवा राकेश श्रेष्ठ ब्यवशायीहरुको हक हितका लागि निरन्तर क्रियाशील रहँदै आएका छन् । २०४३ सालमा इटहरी १९ हासपाेसामा जन्मिएका राकेश श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालय बाट एमबिए सम्मको शिक्षा हासिल गरेका छन् । ब्यवशायी राकेश श्रेष्ठ बिगत सात वर्ष देखि श्री गजुरमुखी ज्वेलर्सका संञ्चालक भएर सुन चाँदी ब्यवशायीको रुपमा दत्तचित्त भएर लागेका छन् । त्यसै गरेर इटहरीको तरहरामा अवस्थित फुजिसन सगरमाथा बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक समेत रहेका श्रेष्ठ इटहरी उद्योग बाणिज्य संघमा देखिएको बिभिन्न बिकृती बिसङ्गतीहरुलाई हटाउँन ब्यावाशायीहरुको पक्षमा निरन्तर आवाज बनेर लाग्दै आएका ब्यक्ति हुन् । श्रेष्ठ आफु निर्वाचित भए ब्यावशायी र उपभोक्ताको समान हितमा काम गर्न आफु ईच्छुक रहेको बताएका छन् । इटहरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि यहि माघ २८ गते हुन गईरहेको निर्वाचनमा इटहरीका युवा राकेश श्रेष्ठले वाणिज्य तर्फ सदस्य पदमा उम्मेदवारी दिएका छन् । प्रस्तुत छ, उनै यूवा उद्यमी श्रेष्ठ सँगकाे पञ्चकोशी टाईम्सले गरेको कुराकानीको सारांशः

  • इटहरी उद्योग बाणिज्य संघकाे सदस्य पदको उम्मेदवारी किन ?

अहिले सम्म ब्यापारीहरुको समस्याहरुलाई इटहरी उद्योग बाणिज्य संघले हल गर्ने जमर्को गरेको पाईएन । जुन स्पीडमा संघ चलायमान हुनुपर्ने थियो त्यस्ताे भएको देखिन्न तसर्थ यो ब्यावशायीक संगठनलाई ब्यापारमुखी वनाएर उपभोक्ता सन्तुष्टी र हितकाे लागी काम गर्न मेरो उम्मेदवारी हो ।

  • इटहरी उद्योग वाणिज्य संघको नेतृत्व प्रति यहाँको धारणा के हो ?

अहिले सम्म संघमा नेतृत्व गरिरहनु भएका संघका पदाधिकारीहरु द्वारा क्षमतावान र राम्रो क्रियाशीलता देखिएकाे छैन् । इटहरीको ब्यापार ब्यावशायलाई प्रवर्धन गर्दै नगर सम्वृद्घि का लागि बिषेश रुपले पहल गर्नसक्ने क्षमतावान नेतृत्व भएकाे देखिएन । चितवन, बुटवल जस्ता शहरहरुलाई जसरी ब्यापारीक शहरका रुपमा चर्चित छन् त्यसैगरि इटहरी लाई पनि ब्यापारिक शहरको रुपमा चिनाउनका लागि समय समयमा यहाँ बिभिन्न ब्यापारिक प्रदर्शनी गर्न र गराउन आवश्यक छ । त्यसो हुँदा इटहरी को ब्यापारिक पहिचान अभिबृद्घि हुनुका संगै स्थानिय अर्थतन्त्रमा समेत टेवा पुर्याउछ। यस्ताे कार्य गर्न सक्ने खालको नेतृत्व इटहरी उद्योग वाणिज्य संघमा चयन हुन आवश्यक छ र याे हामी गर्ने छाैँ।

  • इटहरी उद्योग बाणिज्य संघमा कस्तो नेतृत्वको खाँचो छ ?

कुनै पनि संगठन सामाजिक हक र हितका लागि नै निर्माण गरिएका हुन्छ । तथापी हाम्रो इटहरी उद्योग बाणिज्य संघ पनि आम ब्यावशायीहरुको छाता संगठनको रुपमा क्रियाशील हुनु पर्ने संस्था हो तसर्थ ब्यापार ब्यावशाय बाट आफुलाई मात्र नभएर देश र समाज लाई नै योगदान दिने साथै ब्यावशायीहरु माझ ब्यापारिक अनुसासन अभिमुखिकरणको कार्यक्रमहरु ल्याएर ब्यापारिक सेवा प्रवाह गर्न प्रोत्साहित गर्ने खालको भूमिका नेतृत्वमा हुनुपर्दछ ।

  • तँपाई उम्मेदवारका लागि सक्षम हुनुहुन्छ भन्ने कुरामा आफ्ना मतदाता लाई कसरी बिस्वास दिलाउनु हुन्छ ?

म एउटा यूवा उद्यमी र अहिलेको प्रबिधी यूक्त समाजमा प्राबिधीक क्षमता सँग नजिकवाट परिचित भएकाे ब्यक्ति हुँ । युवाहरुले नै ब्यावशायी र उपभोक्ता बिचको समान जीतको सिद्घान्त लाई राम्ररी बुझेका हुन्छन् र ब्यावशायीक अनुसासनको ब्यवहार समेत झल्काउन सक्छन् । जसले उपभोक्तालाई सधै आकर्षित गराउँछ जुन ब्यवशायमा संधै आवश्यक हुन्छ । हाे यस्ता कामहरु म गर्न सक्छु र गरेर देखाउने छु । अर्को कुरा देशमा नै अहिले यूवाहरुकाे नेतृत्वमा हुनुपर्ने भन्ने बहस चलिरहेकै बेला संघको नेतृत्वमा पनि यूवा आवाज आवश्यक रहेको मेरो पनि बुभाई हो तसर्थ सम्पूर्ण ब्यवसायीहरुले मलाई साथ र सहयाेग गरेर निर्वाचित गराउनु हुने कुरामा म बिस्वस्त बनेको छु ।

  • संघको निर्वाचनका लागि तपाईको ब्यावशायीक अवधारणा र प्रतिबद्घताहरु के के छन् ?

मेरो ब्यावशायीका लागि मात्र नभएर समग्र बजार, ब्यावशाय र आम उपभोक्ताको हितका लागि मैले काम गर्ने योजना बनाएको छु । म निर्वाचित भएको खण्डमा इटहरी उद्योग वाणिज्य संघको भवनलाई बिभिन्न सामाजिक र ब्यावशायीक गतिबिधीमा चलायमान बनाउन प्रयत्न गर्नेछु । त्यहाँका काम कार्यवाहिलाई पारदर्शी र प्रबिधी मैत्रि बनाउन लागिपर्नेछु । ब्यावशायीक लगायत उपभोक्ता हितलाई ख्याल राखेर काम गर्दै ब्यापार प्रवर्धन, युवा स्वरोजगार, महिला उद्यमशीलतामा पहल गराउनेछु । ब्यवशायीको समस्यालाई प्रत्यक्ष भेटघाट गरेर समस्याको अध्ययन अवलोकन सहित सम्वोधन गर्नेछु ।

  • अन्त्यमा केहि भन्नु छ ?

यहि आँउदो माघ २८ गते हुन गईरहेको ईटहरी उद्योग बाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि हुन गईरहेको निर्वाचनको सन्दर्भमा संपुणर् ब्यावशायी, उद्योगी, ब्यापारीहरुलाई म के भन्न चाहन्छु भने हामी सवैको ब्यापार ब्यावशायको उत्थान, प्रवर्धन गर्न र संम्पुणर् ब्यवशायीहरुको हक र हित रक्षाको लागि आवाज उठाउने छु । तसर्थ यो निर्वाचनमा मलाई मतदान गरि अत्यधिक मतले निर्वाचित गराई तमाम इटहरीका ब्यवशायीको हितमा मलाई सेवागर्ने अवसर प्रदान गराउनु हुन अनुरोध गर्दछु । राकेश श्रेष्ठ (क्र.सं. १०) ।

तपाईको प्रतिक्रिया