काठमाडौं– दशैं अवधिभर काठमाडौं उपत्यकामा १० चक्के तथा त्यो भन्दा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १२ गतेदेखि १८ गतेसम्म १० चक्के सवारी अर्थात् ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो ।

विभागले दशैँमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ ।

त्यस्ता सवारी साधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ । अति आवश्यक खाद्यसामग्री, कपडा, औषधि, तरकारी लगायतका सामग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन् ।

दशैँ, तिहार र छठका लागि उपत्यकाबाट झण्डै २५ लाखको हाराहारीमा मानिसहरु बाहिरिने गर्दछन् ।

तपाईको प्रतिक्रिया