काठमाडौँ / पूर्वी राल्पाकोमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो स्थानिय गुंग्री खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।

रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रा.लि.को उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको छ । बस दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन् । दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन ।

तपाईको प्रतिक्रिया