इटहरी । इटहरी उपमहानगरपालिका १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शब फेला परेको छ । १० गते देखि हराएको इटहरी १४ का ७ बर्षिय बालक कृष्ण गुरुङको शब भेटिएको हो ।

निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ बर्षीय छोरा कृष्ण गुरुङको शब फेला परेको हो । सोमबार दिउँसो उनको निर्माणाधिन ६ लेन सडकको नालामा डुबेको अवस्थामा शब फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

आमा बाबुले समेत राम्रो वास्ता नगर्दा ‘आज नालामा डुबेको अवस्थामा शब फेला पर्यो ।’ उनले भने । हामी यस विषयमा अनुसन्धान गर्दछौ इलाका प्रहरी कार्यय इटहरीका डिएसपी भण्डारीले भने । केहि दिन देखि लगातार परेको बर्षाको कारणले समेत समस्या भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया