काठमाडौं / दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) काे दुबईमा भएको दुर्घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिकको समेत मृत्यु भएको छ ।

दुर्घटनामा नेपालका रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जानकारी दिएकाे छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको मिनिबस लरीसँग ठोक्किएर दुर्घटना भएकाे थियो ।

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य छ । घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ बताइएकाे छ ।

तपाईको प्रतिक्रिया