नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १०० रुपैयाँले घटेको जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय र तेजाबी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थित रहेको छ । आज हिजोकै मूल्य १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

तपाईको प्रतिक्रिया