सुनसरीको धरानमा युवाहरुको समुह बीच हानाहान भएको छ । धरान १५ मिलन चौकमा स्थानीय सन्तोष लिम्बुलाई मरणसान्य हुने गरि कुटपिट गरेका हुन । ५ जनाको समुहले लिम्बुलाई आक्रमण गरेका हुन । नुवाकोट घर भएका आशिष भुजेल,शिव भुजेल,सुदिप भुजेल,पृथ्विराज राई र बाबुराम थिङको समुहले कुटपुट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर झै झगडा भएको प्रहरीले बताएको छ ।

धरानका सन्तोष लिम्बुको टाउकोमा गम्भिर चोट लागेर उपचारको क्रममा विराटनगरको गोल्डेन अस्पतालमा आईसियुमा राखेर उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया