काठमाडौंका मेयर विद्या सुन्दरलाई डेंगु

 

काठमाडौं–बिरामी भएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन् ।

उनको त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उपचार भएको छ । हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

मेयर शाक्यलाई डेंगु पुष्टि भएपछि उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।

यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल, नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि डेंगुबाट संक्रमित भएका थिए ।

तपाईको प्रतिक्रिया