काठमान्डाैं / भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएमा त्यसको परिणाम अन्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो ।

‘यतिमात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले अभावह अवस्था आउन सक्छ’ अध्ययनमा भनिएको छ । रुट्गर्स विश्वविद्यालयका प्राध्यापक ऐलन रोबोकको सहलेखनमा तयार पारिएको अध्ययनमा करोडौं मानिसको ज्यान जान सक्ने जनाइएकाे छ । आजको कान्तिपुर दैनिकमा खबरु रहेकाे छ ।

तपाईको प्रतिक्रिया