काठमाडौं / यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो ।

तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए । महरा अझै नेकपा सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरे ।
अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया