सप्तरी । सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९, कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव छन् ।प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो ।

वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ । प्रहरी चौकीका इन्जार्च सई अयोध्याशरण यादवले पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको बताए ।

तपाईको प्रतिक्रिया