नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सयले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

तपाईको प्रतिक्रिया