नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया