सुनसरी / सुनसरीको दुहवीमा पोखरीमा डुबेर एक जनाकाे मृत्यु भएको छ । दुहवी नगरपालिका-१२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको हाे ।

मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबिरेहको साथीहरुले देखे पश्चात आफन्तलाई खबर गरे संगै तत्काल उद्धार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनास्थलमाप्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया