इटहरी / इटहरी बाट धरान जादै गरेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटरमा सवार एक वृद्धको मृत्यु भएको छ । धरान जादै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई को १ ख १९३० नम्बरको बसले ठक्कर दिँदा ६१ वर्षीय कालीमाया राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जानकरी दिएकाे छ ।

धरान–इटहरी सडकखण्डको चारकोशे झाडीमा दुर्घटना भएको हो । स्कुटी चालक पति जयबहादुर राई समेत घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया