नेपालगञ्ज / नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर राना बलात्कार अभियोगमा पक्राउ परेका छन्। रानामाथि एक जना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोग लागेपछि उनी पक्राउ परेका हुन्।

पीडित प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

असोज २६ गते आफूमाथि बलात्कार भएको बेहोरासहितको जाहेरी दिएपछि सोही दिन नै प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरेर हिरासतमा राखिएको डिएसपी सिंहले बताए। असोज २७ गते जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका प्रहरी नायब निरीक्षक राना र पीडित युवती नाताले साली भेना हुन्। उनले होटलमा खाजा खान भनि लगेर जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन्।

तपाईको प्रतिक्रिया