नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (सोमबार) घटेको छ । आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । तेजाबी सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ७ सय ५ रुपियाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया