उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ ।
स्थानीय ७० वर्षीय नीरबहादुर राईको भडोरी खहरे खोला तर्ने क्रममा अचानक बाढीले बगाएर मृत्यु भएको हो ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया