बुटवल । बुटवल–१३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक बुटवल उपमहानगरपालिका–१३ का २३ वर्षीय अंकृत पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए । दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते छन् ।

मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया