काठमाडौं । सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । अमेरिकी सरकारले डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लागेको हो । नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९स्४५ बजेबाट आवेदन दर्ता सुरु भएको थियो । डिभी चिट्ठा आवेदन कात्तिक १९ गते मंगलबार राति १०स्४५ बजे बन्द हुनेछ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया