सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० बाघझोडा स्थित गैरीटोलमा विपन्न परिवारका लागि निर्माण गरिएका ९ वटा घर परिवारलाई हस्तान्तरण गरिएको छ ।
लुमन्ति आवासका लागि सहयोग समूह र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएका घरहरू जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे ।
जि.स.स. प्रमुख राई, नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा अध्यक्ष राजकुमार राई, कार्यपालिका सदस्य बविता खापुङ, वडा सदस्यहरू र लुमन्ति फिल्ड संयोजक लक्ष्मी राईले संयुक्तरूपमा घर हस्तान्तरण गरेका हुन् । निर्माण भईरहेका १ सय वटा मध्ये ९ वटा घर निर्माण सम्पन्न भई हस्तान्तरण गरीएको हो । अन्य आवासहरू विभिन्न वडामा निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख गुरागाईले जानकारी गराए ।

तपाईको प्रतिक्रिया