रुस-युक्रेन युद्धमा बेलबारीका रोनल सहित थप २३ जना नेपालिको मृत्यु (नामावली साहित )
बेलबारी । रुस– युक्रेन युद्धमा थप २३ जना नेपाली नागरिकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको हो । योसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ ।
रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएका ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ ।परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको मृत्यु पुष्टि भएको हो ।मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार मृतक मध्ये १० जनाकाे ठेगाना खुलेकाे छैन ।
रुस–युक्रेन युद्धमा ज्यान गुमाएका २३ नेपाली
–हेमकुमार मगर, नवलपरासी
–ललितसिंह डोबल, दार्चुला
–ताराप्रकाश घर्ती, सल्यान
–रामकृष्ण अधिकारी, संखुवासभा
–गीतबहादुर घर्तीमगर, कास्की
–मख्खनबहादुर पुन, बागलुङ
–रामकुमार प्रधान, मकवानपुर
–रोनल मिश्र, मोरङ
–भीमबहादुर घर्तीमगर, प्यूठान
–छमबहादुर घर्ती, म्याग्दी
–अर्जुनदत्त भट्ट, बैतडी
–सुजन शर्मा, सुर्खेत
–रामकुमार बुढामगर, रुकुम पश्चिम

ठेगाना नखुलेका
–लरबहादुर बुढा
–नेत्रबहादुर थापा
–विकास राई
–रूपक राई
–महेन्द्र मल्ल
–अशोक जीसी
–अमृत थापा आलेमगर
–उदयराज थारू
–प्रितम राई
–प्रेमबहादुर लुंगेलीमगर

तपाईको प्रतिक्रिया