मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।
विगत दुई सातालाई हेर्दा सुनको भाउ तोलामा ७ हजार घटेको छ । असार २ गते सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १५५ रुपैयाँ कायम भएको छ ।


















