SEE मा 4 GPA ल्याएकी देवयानी गौतमको प्रधानमन्त्री ओलीलाई अपिल: “शिक्षामा सस्तो राजनीति नगर्नुहोस्।”🙏
देवयानी भन्छिन् – यस पटक वि.सं २०८१ सालको एस.ई.ई नतिजालाई वि.स २०८० सालको नतिजासँग दाजेर सस्तो राजनीति नगर्नुहुन हामी सबैका प्रिय सम्माननीय प्रधानमन्त्री K P Sharma Oli ज्यूलाई अनुरोध गर्न चाहन्छु। म वि.स २०८१ सालमा एस.ई.ई परीक्षा दिएर जि.पि.ए ४ ल्याउन सफल विद्यार्थी मध्य एक हुँ र मैले २०८० र २०८१ दुवै सालका प्रश्नपत्र राम्ररी अध्ययन समेत गरेकी छु। तुलनात्मक रुपमा वि.सं २०८o को प्रश्नपत्र भन्दा २०८१ सालको प्रश्न पत्र निकै नै सजिलो थियो।
कुनै विषयको परीक्षामा त २०८o सालकै प्रश्नहरू दाहोराइएको पनि पाइयो । प्रश्न पत्र सजिलो काट्दैमा र परीक्षा केन्द्रमा विद्यार्थीलाई खुल्लम खुल्ला चोरेर लेख्न दिदैमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन आउने होइन । त्यो देखावटी सुधार मात्र हो सम्माननीय के.पि ओलि ज्यू । तपाईले शिक्षामा सुधार गर्ने प्रयत्न गर्नु भयो होला तर तपाईको प्रयासलाई सफल मान्न सकिदैन । यो एक गम्भीर समस्या हो र तपाईकै पुरानो टालटुले शैलीले यो समस्या समाधान हुन सक्दैन । यस विषयप्रति सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण होस्। धन्यवाद ।”


















