बुढीगंगा / मोरङको बुढीगंगा गाउँपालिकामा सरफ, साबुन र फिनेल बनाउने तालिम समापन भएको छ । बुढीगंगा अपाङ्गता संरक्षण समाजको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सहयोगमा एक हप्तासम्म संचालन भएको तालिम मंगलबार समापन भएको हो ।

बुढीगंगाका नागरिकलाई उद्यमी र स्वरोजगारी बनाउने उद्देश्यका साथ तालिम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले बताउनु भयाे । गाउँपालिकाले विभिन्न प्रकारका तालिमहरू संचालन गरिसकेको र अन्य तालिम पनि संचालन गरिने उहाँले भन्नू भयाे । यसलाई निरन्तरता दिन आग्रह गर्दै याे उत्पादनमा केही समस्या भएमा गाउँपालिकाले पनि सहयोग गर्ने उहाँकाे भन्नू भयाे । उत्पादित साबुन, सरफ र फिनेल बुढीगंगाभित्रै खपत हुने उहाँकाे जनाउनु भयाे ।
उनीहरूले बनाएको सरफ, साबुन र फिनेल कार्यक्रममा उपस्थित भएका अतिथिहरूलाई एक÷एक थान प्रदान गरिएको छ ।

समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरसहित अपाङ्गता संरक्षण समाजककाे अध्यक्ष शोमी यादव, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव रेग्मी लगायतकाे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया