सुनसरी । प्रहरीको कुटपिटबाट इटहरीका एक युवकको मृत्यु भएको परिवारले आरोप लगाएका छन् । इटहरी उपमहानगरपालिका वडा नं. २ का २० वर्षीय युवराज निरौलाको धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचको क्रममा निरौलामाथि प्रहरीले निर्घात कुटपिट पछि उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा निरौलाको मृत्यु भएको परिवारले आरोप लगाएका हुन । घटनाक्रम अनुसार साउन ९ गते साँझ ८ बजे निरौला र उनको साथी बेलका ३ उदयपुरका २२ वर्षीय दीपक कटुवाल धरान जाने क्रममा चेकजाँचमा परेका थिए ।
लागु औषध सेवन गरेका दुवै जनालाई प्रहरीले रोकेको थियो । सोधपुछको क्रममा प्रहरीसँगको विवादमा निरौलामाथि केही प्रहरीले हात र बुटले छातीसँगै टाउकोमा प्रहार गरेको मृतकका भाइ सन्तोष निरौलाको आरोप छ ।

तपाईको प्रतिक्रिया