काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ६० रुपैयाँले वृद्धि भई २५८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने यसको मूल्य तोलामा २५२० रुपैयाँ मात्र थियो।

तपाईको प्रतिक्रिया