झापा । झापाको झापा गाउँपालिका–३ झाँसीमा १ नाबालिका खोलामा डुबेको अवस्थामा सोमबार बिहान मृ,त फेला परेकी छिन् ।
प्रहरीका अनुसार मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जी आइतबार दिउँसो करिब २ बजेदेखि हराएकी थिइन् । खोजी गर्ने क्रममा सोमबार बिहान ७ बजेतिर शव फेला परेको हो ।घरनजिकैको सानो माई खोलामा डुबेको अवस्थामा नाबालिकाको शव फेला परेको झापा प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि मात्रै नाबालिका मृत्युको विस्तृत कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया