धरान / सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतसंगको सिमा विवादको विषयमा प्रतिपक्षि दलले अनाश्वयक टिप्पणी गरेको बताउदै सरकारले यस विषयमा प्रष्ट रुपमा आफ्नो धारणा राख्दै आएको बताएका छन् । उनले सुगौली सन्धिमा दुबै देशको सहमती भएअनुसार नेपालले आफ्नो जमिन एक इच्च पनि नछाड्ने र अरुको एक इन्च जमिन नचाहिने भन्दै कुनै पनि हालतमा जमिन हड्प्न नदिने समेत बताए ।

बुधबार धरानमा नेकपा धरानले आयोजना गरेको विशाल चुनाबी सभालाई सम्बोधन गदै अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आफ्नो बारेमा चिन्ता गर्नुपर्ने बेला आएको बताए । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको स्थिती देशभर खराब भएको टिप्पणी गदै आत्मसमिक्षा गरेर सुधारको बाटोमा हिढ्न सुझाब दिएका छन् ।

दाहालले लामो सर्घष र बलिदानी पछि नेपालमा संघीयता चरणमा रहेको उल्लखे गदै प्रात्त उपलब्धी रक्षा गदै अगाडी बढ्नुको विकल्प नरहेको स्पष्ट पारे । नेकपा संसददीय दलका उपनेता एबंम पूर्वसभामुख सुबास चन्द्र नेम्बाङले सबै जातजाती भाषा, धर्म, संस्कृतिको सम्बोधन हुने जनताले आफ्नो सबिधान पाएको उल्लेख गरेका छन् । मंसिर १४ गते उपनिर्वाचनलाई लक्षित गदै आयोजित चुनाबी सभामा नेकपा प्रदेश इन्चार्ज भिम आचार्य, प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रम पूर्व नेकपाले निकालेको विशाल चुनाबी ¥यालीले धरान नगर परिक्रमा गरेको थियो ।

तपाईको प्रतिक्रिया