दुहबी /  सुनसरीको दुहबी नगरपालिका  वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास कार्यक्रम बुधवार   सम्पन्न भएको छ । उक्त भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथ्य दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट भएको छ ।  कार्यक्रमको अध्यक्षता वडा नम्बर ८ का वडा अध्यक्ष तारिक चन्द्र सरदार त्यसैगरी विशिष्ट अतिथीमा दुहबि नगरपालिकाका उप प्रमुख सुनिता दाहाल साह ,अतिथिहरुमा दुहबिका १ नंं. देखी १२ नं.का वडा अध्यक्षहरु र समाज सेवीहरुको उपस्थिती रहेको थियो ।

केही समय देखि भैंसी गोठ बिबादमा रहि आएको उक्त नगरपालिका अन्तर्गतको जग्गामा अन्ततः नगर प्रमुखको अगुवाइ र वडाध्यक्षको सकृयतामा कुल लागत ७७ लाख २० हजारको अनुमानित बजेटे रहेको छ ।
भाडाको घरमा बस्दै आएको ८ नम्बर वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको हो । भवन आधुनिक नक्सामा निर्माण हुन लागेको दुहबी नगरपालिकाका इन्जीनियर रामकुमार यादवले जानकारी दिएका छन् । यस आर्थीक बर्षमा वडा कार्यालयको भबन निर्माण लागि नगर कार्यपालिकाले यस आर्थीक बर्षमा बजेट बिनियोजन गरेको जनाएको छ । २०७६ साल असार १८ गते हरीना निर्माण सेवा श्रीपुर ३ सँग वडा कार्यालयको ७ कोठे भवनको सम्झौता भएको छ ।
उक्त भवन २०७७ साल असार १८ गते भवन निर्माण सम्बन्धि सबेै कार्य सम्पन्न हुनेगरी सम्झौता भएको थियो । नगरप्रमुखले भबनको गुणस्तरीयमा कसैसंग सम्झौता नहुने बताएका छन् । नगरप्रमुखका अनुसार नगर लाई सम्बृद्ध बनाउदै लैजाने क्रममा नगरपालिकाको प्रत्येक वडाको आफनै भवन बन्नु पर्दछ भन्ने मान्यता आफुले राखेको र सोही बमोजिम कार्य गर्दै आएको जानकारी दिए । नागरिकको सेवा लिन पाउने अधिकार लाई सहजता दिन नागरिककै चाहना बमोजिक नगरकार्यपालिका अघि बढेको नगरप्रमुखले बताए ।

तपाईको प्रतिक्रिया