नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउसो बस्ने भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महिने कार्ययोजना पेश गर्ने तयारी रहेको एक नेताले जानकार दिए । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।

कार्यकारी अधिकारप्राप्त गरेपछि प्रचण्डले उक्त विषयमा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य शीर्ष नेतासँग छलफल चलाएका थिए ।

तपाईको प्रतिक्रिया