चितवन/बहिनीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा चितवनमा एक युवाले साथीको हत्या गरेका छन् ।

पटियानीका यमकुमार महतोले बहिनीसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै साथी भरतपुर–२७ का अविनाश महतोको गत १२ मंसिरमा हत्या गरेको रहस्य खुलेको हो । यमकुमारले अन्य साथीको समेत सहयोगमा अविनाशको चिर्पटले हानेर हत्या गरेपछि खाल्डो खनेर शव पुरेका थिए । मृतक अविशानका बाबु कालीरामले छोरा हराएका भन्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले पटियानी नजिकै खोला किनारमा अविनाशको शव सडेको अवस्थामा फेला पारेपछि घटनाको रहस्य खुलेको हो ।

प्रहरीले घटनामा संलग्न यमकुमारसँगै उनका साथीहरु दीपेन्द्र महतो, वनोद महतो र विजय महतोलाई पनि पक्राउ गरेको छ । यमकुमारकी बहिनी र मृतक अविनाशबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफूहरु रातिको समयमा घर नजिकै शारीरिक सम्पर्क गरिरहेका बेला दाजुले देखेपछि कुटेर अविनाशको अत्या भएको बयान युवतीले दिएकी छन् । चिवन प्रहरी प्रमुख दानबहादुर मल्लले चारैजनालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया