कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा-छोराको मृत्यु भएको छ ।काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको छ ।अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकोबताइएको छ । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ ।

तपाईको प्रतिक्रिया