लम्जुङ/अहिले समाजमा विस्तारै अन्तरजातीय विवाहलाई मान्यता दिन थालिएको छ । कतिपय स्थानमा अन्तरजार्तिय विवाह गरेका कारण सामाजिक वहिष्कारको सामना गर्नुपरेका उदाहरण यहिँ छन् भने पछिल्लो समयमा भने अन्तरजातिय विवाह समेत धुमधामका साथ हुन थालेका छन् । अधिकांश अन्तरजातिय विवाह प्रेमका कारण हुन्छन् ।

लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौ चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीले हालै अन्तरजातिय विवाह धुमधामका साथ गरेका छन् । उनीहरुको विवाह पनि पारिवारीक सहमतिमै धुमधामका साथ भएको हो । दुवै परिवार राजि भएपछि काठमाडौंको एक मन्दीरमा मंसिर २८ गते उनीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा दुवै तर्फका परिवारका सदस्य र नाता सम्बन्धका सहभागी भएका थिए ।

केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको हो । पछिल्लो समयमा उनीहरु जस्तै उदाहरणीय काम गरेका जोडीको संख्या थपिन थालेको छ ।

तपाईको प्रतिक्रिया